नवलपरासी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएकाले पुनः लिकमा हिडाउन जरुरी भएको बताएका छन् । राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सकिने बताएका छन् ।
आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति प्रति लक्षित गर्दै भने, राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए । अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको र हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी षड्यन्त्रको शिकार भएको बताएका छन् ।
अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरेका छन् । राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासंग पर्खने समय नरहेको उल्लेख गरेका छन् ।
अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराएका छन् । कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारी लगायतले सम्बोधन गरेका थिए । विस्तारित बैठक मंगलबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन