काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् । लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’
ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।
प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’