काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता नहुने बताएका छन् । उनले आफू अमेरिकासँग निममितजस्तै सम्पर्कमा रहेको भन्दै आफूहरू उक्त सहयोग फिर्ता गर्ने पक्षमा नरहेको बताएका हुन् ।
आज (शनिबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले एमसिसी परियोजना अगाडि बढाउनुपर्ने बताए । तर त्यसमा केही विवादास्पद बुँदाहरू परिमार्जन गरेर मात्र अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले बैठकमा भन्, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढाइन्छ । तर त्यसमा केही प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन एवं संशोधन गरेर मात्रै अगाडि लगिन्छ ।’
अमेरिकासँग आफ्नो नियमितजस्तै सम्पर्क रहेको भन्दै उनले एमसीसी दबाबबाट नभएर आशंकाहरु क्लियर गरेर मात्र अगाडि बढाउनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट्याए । यसैमा अमेरिका, नेपाल र राजनीतिक दलहरुको पनि हित रहेको उनको भनाइ थियो ।
सोही क्रममा उनले एमसीसीलाई अस्त्र बनाएर सत्तारुढ गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै यसलाई पनि असफल पार्ने बताए । नेकपाले एमालेका अध्यक्ष केपी ओलीले हालको गठबन्धन तोडेमा एमसिसीमाथि समर्थन गर्ने भन्दै कांग्रेससँग साठगाठ गर्न खोजेको आरोप समेत प्रचण्डले लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो