हेटौंडा । बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराएका छन् । यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस