मालपोत कार्यालयका  प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, २० : ४०
मालपोत कार्यालयका  प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन स्थित मालपोत कार्यालय चनौलीका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ। मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर गरेको हो।

अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा मालपोत कार्यालय, चनौलीका मालपोत अधिकृत पौडेललाई आयोगको टोलीले सेवाग्राहीबाट लिएको पचास हजार रुपैयाँ घुस सहित पक्राऊ गरेको हो।

भरतपुर महानगरपालिको। वडा नं। २० कार्यालयका अमिन बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको अख्तियारले जनाएको छ । उनले सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ नगद र तीन लाख पचास हजार रुपैयाँ बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस