कोरोना अपडेट: थप २६० जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १५ : १३
कोरोना अपडेट: थप २६० जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।

सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । 

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस