क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, १४ : ४९
क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इसाइ धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

त्यस्तै, बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस