एसईई प्रणाली खारेज गर्न छलफल भइरहेको छ : शिक्षामन्त्री देवेन्द्र पौडेल

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १९ : ५२
एसईई प्रणाली खारेज गर्न छलफल भइरहेको छ : शिक्षामन्त्री देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १० कक्षाका विद्यार्थीले दिने माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका छन् ।

सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरिसकेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिकजस्तो छलफल चलिरहेको बताए । साथै, उनले साढे १७ हजार अपुग शिक्षकलाई शिक्षक सेवा आयोगबाट पूर्ति गर्ने बताएका छन् । अहिले शिक्षक सेवा आयोगले शिक्षक पदपूर्ति गर्ने प्रक्रिया थालिसकेको छ ।

माध्यमिक र निम्नमाध्यमिक तहमा शिक्षक माग गरेको छ । आयोगले हालसम्म एक हजार पाँच ५४७  मावि शिक्षक र  दुई हजार ५९८ निमावि शिक्षक माग गरिसकेको छ । उनले शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्‍बाट पारित भइसकेको बताए । मन्त्री पौडेलले भने, ‘सरकारले माध्यमिक,निम्नमध्यामिक र प्राथमिक तहको दरबन्दीमा विज्ञापन खुल्ला गर्दैछौं । उक्त विज्ञापन शिक्षक सेवा आयोगले दिएको दरबन्दी अनुसार गर्ने हो । नियमावली नबेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी छन् । त्यसैले नियमावली बनाउनको लागि पनि मन्त्रालय अगाडि बढेको छ ।’

 

प्रतिक्रिया दिनुहोस