कोरोना अपडेट : थप २९३ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १५ : ३९
कोरोना अपडेट : थप २९३ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना गरि २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।बिहीबार २६३ जना कोरोनाबाट कोरोनामुक्त भएका छन् । हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन् ।