हरर फिल्म 'कठपुतली' को ओरजिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १२ : ००
हरर फिल्म 'कठपुतली' को ओरजिनल साउन्ड ट्रयाक रिलिज (भिडिओ)

काठमाडौं। पुष १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओरजिनल साउन्ड ट्रयाक (ओएसटी) रिलिज भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयमा आधारित छ । मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्य समावेश छन् ।

यस गीतको भिडिओ भीएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ । फिल्मको कथावस्तुअनुसा तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

परिवार त्यागेका राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा पाईनेछ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कार्म, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ ।

हरर जनरामा निर्माण भएको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।केही दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मलाई अष्ट्रेलियाका सिनेम्याटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

 

प्रतिक्रिया दिनुहोस