काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।
पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन्। पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए। त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए।
‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको छ। सोही अनुसार ओली आफैं पार्टी प्रवेशजस्ता कार्यक्रम लिएर सम्बोधनका लागि जान थालेका छन्। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकमा ‘प्रवेशको लहर नै चलाउँछौं, अभियान नै चलाउँछौं’ भन्दै उनले यससम्बन्धी कार्यक्रम गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ पुस २०७८, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
गठबन्धन परिवर्तन हामी दुई भाइले गरेका हौँ : ओली
गठबन्धन परिवर्तन हामी दुई भाइले गरेका हौँ : ओली
माधव नेपाललाई भेट्न ‘प्रचण्ड’ र ओली कोटेश्वरमा
एमाले सांसदलाई ओलीको निर्देशन- संसदमा गलत बोल्नेको विरोध गर्नू
संसद्को अगाडिको सिटमा बस्ने पार्टीका सांसदहरूलाई आफ्नो दायित्व पूरा गर्न ओलीको निर्देशन