एकै घरमा पाँच मन्त्रालय

पत्रपत्रिकाबाट

बुधबार, ०७ पुस २०७८, ०७ : ३७
एकै घरमा पाँच मन्त्रालय

काठमाडौं । जनसेवा प्रवाहमा चुस्तताभन्दा राजनीतिक भागबन्डा पुर्याउनकै लागि मन्त्रालय टुक्राटुक्रा पारेको बाग्मती प्रदेश सरकारले एउटै भवनमा पाँच मन्त्रालय राखेको छ ।

प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एउटै भवनमा राखिएका छन् ।

बाग्मती प्रदेश सरकारले अस्वाभाविक रूपमा फुटाएपछि मन्त्रालय र कर्मचारी व्यवस्थापनमा आइपरेको संकटबीच एउटै घरमा पाँच मन्त्रालयसम्म अटाइए पनि कर्मचारी चरम अभाव छ ।

प्रदेशमा मन्त्रालय एक्कासि आठबाट टुक्राएर १४ वटा पु(याइएपछि कार्यालय अभाव भएकाले एकै भवनमा पाँच मन्त्रालय राखिएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस