दुर्भाग्य ! एक मतले हारे यी पूर्वमन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, १९ : २८
दुर्भाग्य ! एक मतले हारे यी पूर्वमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् ।

१३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी राजीव विक्रम शाहले २८२० मत पाए भने अर्का विजयी उम्मेदवार कर्णबहादुर बुढाले २२०० मत पाए। थानीले २१९९ मत पाए ।
 

प्रतिक्रिया दिनुहोस