भरतपुरमा अब अनलाईन टोकन मार्फत यातायात लाईसेन्स नविकरणको सेवा लिन सकिने

घरबाटै मिति र समय छनोट गरि सेवा लिन आउन कार्यालयको आग्रह

प्रकाश सिग्देल

मंगलबार, ०६ पुस २०७८, ११ : ५१
भरतपुरमा अब अनलाईन टोकन मार्फत यातायात लाईसेन्स नविकरणको सेवा लिन सकिने

चितवन । घरमै बसिबसी अनलाईन टोकन मार्फत यातायात ब्यवस्था कार्यालय भरतपुरबाट प्रदान गरिने लाईसेन्स नबिकरणको सेवा लिन सकिने भएको छ । कार्यालयबाट पहिलो पटक यो सेवा दिन लागिएको हो । लाइसेन्स नविकरणको सुविधा विस्तारसंगै कार्यालयले अनलाईन टोकन प्रणलीको बिकास गरेको हो ।

नेपालमानै पहिलो पटक भरतपुरमा यो प्रणालिको बिकास भएपछि सेवाग्राहीले घरमै बसि अनलाईन मार्फत आफनो अनुकुलको मिति र समय छनोट गरि सेवा लिन जान सक्ने छन् । अनलाईनबाट सेवा प्रदान भएपछि समयको बचतसंगै कार्यालयमा भिडभाड नहुने र छिटो छरितो प्रभावकारी रुपमा सेवाग्राहीलाई सेवा दिन सकिने कार्यालयका प्रमुख बिनोद पौडेलले बताए । उनले आफु यो कार्यालयमा आएदेखि सेवा सुधारमा लागेको र मिल्ने र हुनेजति सेवालाई अनलाईन प्रणालीमा बिकास गर्ने  कसरतमा लागेको उनले बताए । 

‘सुरुका केही दिन सेवाग्राहीहरुलाई सेवाका बारेमा जानकारी नभएर लाईन लागेपनि अब भने सबै सेवाग्राही अनलाईनबाट नै समय लिएर आउने सक्छन्’–उनले भने । कार्यालयमा लाईसन्स नबिकरणका सेवा लिन पुगेका सेवाग्राही तथा पत्रकार बिरेन्द मणी पौडेलले कार्यालयले दिने सेवा छिटो छरितो र प्रभावकारी लागेको उनले सुनाए । आफुले मोबाईलबाटनै अनलाईन टोकन लिएर सेवा लिएको उनको भनाई छ ।

सेवा प्रभावकारी हुदाँ हुदैपनि साँघुरो भवन, पार्किङको समस्या र कर्मचारीको अभावका कारण सेवा प्रवाहमा अझै जटिलता देखिएको उनले बताए । यातायात कार्यालयमा सवारी साधन सहित सवारी धनी कर तिर्न र नविकरण गर्न आउने भएकाले सवारी पार्किङ गर्ने समेत ठाउँ नहुदा यहाँ  सेवाग्राहीलाई असहज भएको कार्यालय प्रमुख बिनोद पौडेलले बताए ।  

कार्यालयको आफनै भवन निमार्ण गर्न र नयाँ लाईसन्स सहितको सेवा बिस्तारका लागी ट्रायल सेन्टर बनाउन पर्याप्त जग्गा चाहिने भएपनि जग्गा प्राप्त नहुँदा समस्या भएको उनको भनाई छ । कार्यालयबाट सेवाग्राहीलाई प्रभावकारी छिटो छरितो सेवा दिने प्रयास गर्दागर्दैै पनि भौतिक संरचनाको अभावले सेवा ग्राही र सेवा प्रदायक दुबैलाई  समस्या भएको बताउदै उनले चाहना हुदाहुदै पनि चाहेजति सुधार गर्न नसकिएको बताए ।

कार्यालयले लाईसन्स नविकरणको सेवा पुर्णरुपमा अनलाईन टोकन प्रणाली बिकास गरेपछि  घरबाटै टोकन र समय लिएर सेवाग्राही आउने भएकाले धेरै काममा सहज भएको उनी बताउछन् । कार्यालयका सुचना अधिकारी गोबिन्द पौडेलले धेरै ठुलो कसरत र प्रयास पछि नयाँ सेवा बिस्तार गर्न सफल बनेको र अब नयाँ लाईसेन्स बिस्तार सहित आफनै भवन निमार्ण गर्न सके सेवा सहज र प्रभावकारी बन्ने बताए ।

भरतपुरको आपटारी चोकमा रहेको सामुदायिक वनको खाली जग्गामा यातायातको ट्रायल सेन्टर सहितको आफ्नै भवन बनाउने भनेर प्रदेश सरकारले निर्णय गरेपछि संघिय सरकारले अनुमति नदिदा त्यो काम रोकिएको छ । यातायात कार्यालयका लागी चाँडै जग्गा उपलब्ध गराएर आफ्नै भवनमार्फत सेवा प्रवाहमा सरकारले ध्यान दिनुपर्ने सेवाग्राहीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस