एजेन्सी । पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज ९पीएमएल— एन० ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो ।
प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल— एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् ।
शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए ।
पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग—नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीप) को आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे ।
लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ पुस २०७८, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल