विवादास्पद पृष्ठभूमिका काँग्रेस उम्मेदवार गणेश लामा अन्तिम ३५ बाट आउट

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, ०९ : २२
विवादास्पद पृष्ठभूमिका काँग्रेस उम्मेदवार गणेश लामा अन्तिम ३५ बाट आउट

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको २३९३ मतपत्र गणना हुँदा विवादास्पद पृष्ठभूमि भएका गणेश लामा अन्तिम ३५ भित्रबाट बाहिरिएका छन् । उनी ८ मतका साथ ३६ औं स्थानमा रहेका छन् ।

यसअघि उनी अन्तिम ३५ भित्र अटाउँदै आएकामा पछिल्लो मतपरिणामबाट भने आउट भएका हुन् । मतगणना जारी छ । काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकामा ३५ जना मात्रै निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस