कांग्रेस खुला केन्द्रीय सदस्य : ५१ प्रतिशत मतगणनामा एक हजार कटाउने यी २१ जना नेता

सफल खबर संवाददाता

आइतबार, ०४ पुस २०७८, ०९ : १९
कांग्रेस खुला केन्द्रीय सदस्य : ५१ प्रतिशत मतगणनामा एक हजार कटाउने यी २१ जना नेता

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा २१ जना नेताले एक हजार मत कटाएका छन् ।
राति ११ बजेसम्म भएको २३९३ मत गणनामा सबैभन्दा बढी मत डा शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँडले १५०७ मत पाएका छन् ।  

४६८२ मध्ये बाँकी २२८९ मतको गणना भोलि विहान ९ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अन्तिम परिणामबाट ६४ जना बाहिरिनेछन्  ।

एक हजार मत कटाउने नेताहरुस्

१)  डा शशांक कोइराला  १९७१

२)    एनपी साउद  १५३८

३)    बाल कृष्ण खाँण  १५०७

४)    रमेश लेखक  १४५१

५)    ज्ञानेन्द्र बहादुर कार्की  १४२३

६)    उदय सम्शेर राणा  १४४५

७)    रामहरी खतिवडा  १३९५

८)    अर्जुननरसिंह केसी  १३८३

९)    गोपाल मान श्रेष्ठ  १३२३

१०)    जिप छिरिङ लामा  १३१२

११)    जितजंग बस्नेत  १२८३

१२)    नैन सिंह महर  १२८२

१३)    डा रामशरण महत  १२८१

१४)    सुनिल बहादुर थापा  १२४६

१५)    बल बहादुर केसी  १२३३

१६)    दिलेन्द्र प्रसाद बडु  १२३१

१७)    मोहन बहादुर बस्नेत  १२०२

१८)    दिपक गिरि  ११७४

१९)    सुरेन्द्र राज पाण्डे  ११५१

२०)    कुन्दन राज काफ्ले  ११४३

२१)    सन्जय कुमार गौतम  १००१