आगो लगाउने महाप्रसाद, दोष पाउने प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, २१ : ३२
आगो लगाउने महाप्रसाद, दोष पाउने प्रचण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका कारण नेपालको पूँजी बजारमा लगातार पहिरो गएको तथ्य कोही कसैबाट छिपेको छैन महाप्रसादले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोड र १२ करोडको सीमा राखिदिए । शेयर धितो कर्जामा उनले राखेको व्यवस्थाका कारण बजार नराम्ररी प्रभावित भयो ।

बजारलाई उठ्नै नसक्ने बनाउने काममा महाप्रसाद लागे । यो तथ्यलाई भूलेर एमाले र त्यसमा पनि ओलीको साइबर सेलमा रहेका केही मानिसहरुले माओवादी अध्यक्ष प्रचण्डले अन्तरराष्ट्रिय सन्दर्भमा वित्तीय पूँजीवादले पारेको प्रभावका बारेमा बोलेको कुरालाई गलत प्रचार गराए ।

खासमा उद्योग धन्दामा आउनुपर्ने रकम वित्तीय क्षेत्रमा लगानी भएको छ । लगानी उत्पादनमूलक क्षेत्रमा हुँदा त्यसले रोजगारी सिर्जना गर्छ । रोजगारीसँगै आर्थिक विकास र वृद्धि समेत हुन जान्छ । वित्तीय बजारमा हुने लगानीले एकाध मानिसलाई फाइदा दिएपनि समग्रमा त्यसले देशको हित गर्न सक्दैन । प्रचण्डले यही विषयलाई सैद्धान्तिक हिसाबले व्याख्या गरेका थिए । वित्तीय पूँजीवाद संसारभर नै एकाधिकार पूँजीवादमा विकास भएको छ । यो तथ्य कोही कसैबाट छिपेको छैन । अमेरिकी अर्थतन्त्र समेत वित्तीय पूँजीवादको चंगुलमा फसेका काराण त्यहाँ असमानताको खाडल असाध्यै ठूलो रुपमा परेको छ । नेपालमा पनि क्रमशः वित्तीय पूँजीवादको प्रभाव परेको छ ।

सैद्धान्तिक रुपमा हेर्दा वित्तीय क्षेत्रको लगानी वित्तीय क्षेत्रमा नै हुनु कुनै पनि आधारमा उत्पादनमूलक हुन सक्दैन । महाप्रसादले ओलीको निर्देशनमा सरकारलाई अप्ठ्यारो पार्ने गरी मौद्रिक नीतिमा व्यवस्था गरे । चौतर्फी दबाव परेपनि उनले सिसिडी रेसियो र ४ र १२ करोडको सीमा घटाउन चाहेनन् । किनकी, उनलाई वर्तमान सरकारलाई जसरी पनि असफल बनाउनु छ । ओलीको योजना कार्यान्वयन गर्नु छ । ओलीको निर्देशन परिपालना गर्नुछ । बमबहादुर मिश्र र निलम ढुंगाना पनि सोही दिशामा छन् । किनकी, ओलीको आर्शिवादमा उनीहरु नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर भएका हुन् । ओलीले चाहे अनुसारको काम गरिरहेका महाप्रसादलाई सजिलै हटाउन सकिदैन । 

किनकी, राष्ट्र बैंकलाई स्वायत्त निकायको रुपमा व्याख्या गरिएको छ । अर्थतन्त्र डामाडोल बनाउन ओलीको योजनाअनुसार महाप्रसादले काम गरिरहेका छन् । बैंकमा भएको पैसा समेत ओलीको योजनामा लुकाइएको छ । बजार बढ्न नदिने खेलमा महाप्रसाद छन्, तर प्रचण्डले सैद्धान्तिक रुपमा भनेको कुरालाई उचालेर उनी विरुद्ध जनमत बनाउने काम भएको छ । सरकारको नेतृत्वमा काँग्रेस छ । काँग्रेसमा पनि राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनाइएका विश्व पौडेलहरुले हलो अड्काएर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जको प्रमुख नियुक्त गर्न दिएका छैनन् । सामान्य प्रक्रिया पु¥याएर ती निकायको प्रमुख नियुक्त गर्नुपर्नेमा विश्व पौडेलहरुले भाग शान्ति जयनेपाल गरेका छन् ।

प्रचण्डले नेपालको वित्तिय बजारमा रहेका साना लगानीकर्ताको हितमा आफू रहेको स्पष्ट पारेका छन् । सेयर बजारमा केही मानिसको दादागिरी रहेको छ । त्यो दादागिरी अन्त्य हुनुपर्छ । तर महाप्रसादहरुले त्यो दादागिरीलाई संस्थागत गरिदिएका छन् । अर्थ मन्त्रालयको कुनै पनि निर्देशन, आग्रह र अनुरोधलाई स्वीकार नगरेर महाप्रसादले खोचे थापेका छन् । अर्थमन्त्रालयले गर्ने कुनै पनि आग्रहलाई अस्वीकार गरेका उनले बजार लगातार घटोस् भन्ने चाहना राखेका छन् । 
जहाँ गयो त्यही घर जग्गा जोड्ने स्वभावका महाप्रसादले आफू ज्यादती गर्ने तर दोष भने अर्थमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई लाग्ने वातावरण बनाइदिए । त्यसैलाई उचाल्न ओली र उनको गिरोहमा रहेका साइबल सेल परिचालित भयो ।बजारलाई तरल बनाउने काममा महाप्रसादहरु लाग्दा विरोध भएको छैन । ४ र १२ करोडको सीमा लगाउने महाप्रसाद थिए ।

त्यो सीमालाई हटाइदिन दर्जनौ पटक अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरे । तर कहिले आफूलाई कोरोना भएको , कहिले विवाहमा जानु परेको तथा कहिले पारिवारिक काममा रहेको भन्दै नउले कहिल्यै पनि अर्थमन्त्रालयसँग भेटघाट नै गर्न चाहेनन् । सरकारको तर्फबाट अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य हुने व्यवस्था छ । तर सरकारको प्रतिनिधिलाई नबोलाएरै महाप्रसादले बैठक गर्ने गरेका छन् ।

सरकार विरुद्ध जनमत तयार पार्ने र ओलीको हितका खातिर काम गर्ने महाप्रसादलाई वर्खास्त गर्नुपर्ने माग चौतर्फी उठेको छ । हरेक दिन जसो उनले ओलीलाई भेट्ने र विरोधको वातावरण तयार पार्ने गरेका छन् । ओलीलाई कुन हैसियतमा भेटन गइरहेका छन् भन्नेमा केन्द्रीय बैंकका अधिकारी नै तिनछक्क खाएका छन् । किनकी, ओली यतिबेला राजकीय जिम्मामा छैनन् । तर,महाप्रसाद राष्ट्र बैंकको फाइल बोकेर ओलीसँग भेटन पुग्ने गरेको उनको सचिवालयमा रहेका एक अधिकृतले जानकारी दिए ।

समस्यामा पारेर त्यसैबाट फाइदा लिने काममा ओली लागेका लागेका छन् ।महाप्रसादहरु आगो लगाउने तर दोष प्रचण्डलाई लगाउने भन्ने हुँदैन । प्रचण्डले सैद्धान्तिक राजनीतिक विषयमा आफना कुरा राख्न स्वतन्त्र  छन् । प्रचण्डले सेयर बजारको कुरा भन्दा पनि वित्तीय क्षेत्रमा भित्रिएको पूँजीवादको चर्चा गरेका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिशिक्षत गरेका हुन् । माओवादीले विगतदेखि नै सो विषयमा आफ्नो स्पष्ट धारणा राख्दै आएको छ ।

प्रचण्डलाई घानमा हालेर महाप्रसादहरुले थोपेरेको समस्याबाट मुक्ति दिन सकिदैन । जानकारहरु भन्छन्, महाप्रसादलाई तत्काल कारवाहीको दायरमा ल्याउनुपर्छ । अन्यथा देशको अर्थतन्त्रमा थप विकराल समस्या देखिन सक्छ ।   

प्रतिक्रिया दिनुहोस