सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता

एजेन्सी

शनिबार, ०३ पुस २०७८, ०८ : ४९
सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता

काठमाडौं । इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । 

शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५(० अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टो गाग्लीयर्दिनीले १र१ गोल गरे । 

जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस