शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

पत्रपत्रिकाबाट

शनिबार, ०३ पुस २०७८, ०७ : ४५
शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

काठमाडौं । अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ। यसबाट गुणस्तरीय उच्च शिक्षा हासिल भए पनि देशको ठूलो धनराशि बिदेसिने गरेको छ। 

नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रूपैयाँ बाहिरिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं नो अबजेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष ९२०६५ देखि २०७८० मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्।

यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५र०७६ सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ। उक्त आवमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए। राष्ट्रबैंकको तथ्यांकले उक्त वर्ष ४६ अर्ब ३२ करोड रूपैयाँ शिक्षाका नाममा बाहिरएको देखाएको छ।

आव ०७६र०७७ मा ३४ हजार ९४ विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ। उक्त आवमा शिक्षाका नाममा २५ अर्ब ८१ करोड रूपैयाँ बाहिर गएको राष्ट्रबैंकको तथ्यांक छ। आव ०७७र०७८ मा २७ हजार ९ सय ७८ जनाले मन्त्रालयबाट एनओसी लिएका छन्। उक्त वर्ष शिक्षाका नाममा २४ अर्ब ९६ करोड रूपैयाँ बाहिरिएको राष्ट्रबैंकको तथ्यांक छ।

विशेषगरी यसरी बिदेसिएका विद्यार्थीको रोजाइ चिकित्सा विज्ञान, व्यवस्थापन,कम्प्युटर साइन्स,अतिथि सत्कार,विज्ञान तथा प्रविधि विषय रहेको मन्त्रालयको तथ्यांकले देखाएको प्रमुख प्रोखरेलले बताए। नेपालमा उच्च शिक्षा हासिल गरेर अवसर पाउन नसकेका कारण विद्यार्थी बिदेसिएको पोखरेलको अनुभव छ।

‘२०६५र०६६ आवमा २४ हजार ८ सय २४ जना विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न एनओसी लिएका थिए। यो संख्या ०७५र०७६ मा ह्वात्तै बढेर ६३ हजार पुग्यो। यसबाट स्वदेशी शिक्षामा अभिभावक र विद्यार्थी दुवैको आकर्षण कम हुँदै गएको बुझिन्छ,’ पोखरेलले भने, ‘नेपालमै पढाइ हुने विषय विदेशमा अध्ययन गर्न एनओसी लिन आउँदा म छक्क पर्छु। अनि विद्यार्थीलाई सोध्दा उनीहरू नेपालमा पढेर डिग्री लिए पनि राम्रो अवसर नपाएकाले निराशा बढ्दै गएको सुनाउँछन्।’ उनका अनुसार अब नेपाल सरकारले देशमा कुन क्षेत्रमा कति जनशक्ति चाहिने हो त्यसको अध्ययन गरी शिक्षा दिने व्यवस्था गर्नुपर्छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस