कोरोना अपडेट : थप २७४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १६ : २२
कोरोना अपडेट : थप २७४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६९१ र एन्टिजेन विधिबाट १ हजार ३२५ जनामा परिक्षण गर्दा २७४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २५ हजार ४४५ र एन्टिजेनबाट ९५ हजार ९०२ जना पुगेको छ ।  

यस्तै, आज थप २७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ३५३ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस