एजेन्सी । मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए ।
प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्यांकले देखाएको छ ।
मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’को प्रदर्शन पछि चर्चामा आएकी थिइन् । पाँचवटा सांगीतिक एलबम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुति दिइसकेकी छन् ।
सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ पुस २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या