चितवन । १० वर्षे जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्न भरतपुर महानगरपालिकाले निवेदन आव्हान गरेको छ ।
भरतपुर महानगर पालिका, नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै निवेदन दिन आव्हान गरेको हो । भरतपुर महानगर नगर कार्यपालिकाबाट पारित आर्थिक सहायता गर्ने सम्बन्धी कार्यविधि २०७८ को दफा ४ (क) बमोजिम सहायता प्राप्त गर्नका लागि दफा २ (घ) बमोजिम महानगरको महिला, बालबालिका तथा समाज कल्याण शाखामा ३० दिन भित्र निवेदन पेश गर्न भनिएको छ ।
महानगरले निवेदनसंगै व्यक्तिगत विवरण खुल्ने नागरिकताको प्रतिलिपी, आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका अनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबासको प्रमाण, वडा कार्यालयको सिफारिस र हालसालै खिचेको दुई प्रति तस्वीर समेत संलग्न गर्न भनेको छ ।
जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा घाईते भएका परिवारले राज्यले आफुहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै आईरहेका बेला भरतपुर महानगरले सहयोग लिन निवेदन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता