चितवन । १० वर्षे जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्न भरतपुर महानगरपालिकाले निवेदन आव्हान गरेको छ ।
भरतपुर महानगर पालिका, नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै निवेदन दिन आव्हान गरेको हो । भरतपुर महानगर नगर कार्यपालिकाबाट पारित आर्थिक सहायता गर्ने सम्बन्धी कार्यविधि २०७८ को दफा ४ (क) बमोजिम सहायता प्राप्त गर्नका लागि दफा २ (घ) बमोजिम महानगरको महिला, बालबालिका तथा समाज कल्याण शाखामा ३० दिन भित्र निवेदन पेश गर्न भनिएको छ ।
महानगरले निवेदनसंगै व्यक्तिगत विवरण खुल्ने नागरिकताको प्रतिलिपी, आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका अनआन्दोलनमा शहीद भएका तथा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबासको प्रमाण, वडा कार्यालयको सिफारिस र हालसालै खिचेको दुई प्रति तस्वीर समेत संलग्न गर्न भनेको छ ।
जनयुद्ध तथा जनआन्दोलनमा शहीद तथा घाईते भएका परिवारले राज्यले आफुहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै आईरहेका बेला भरतपुर महानगरले सहयोग लिन निवेदन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान