काठमाडौं । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।
आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए ।
२१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् ।
शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, २२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार