काठमाडौं । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।
आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए ।
२१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् ।
शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, २२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता