कोलोम्बो । श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताएका हुन् ।
यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ । यहाँका मुख्य आम्दानी पर्यटन नै हो । तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन् ।
यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि