कांग्रेस महामन्त्रीको मतगणना: ५०० मत गन्दा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, ११ : ४९
कांग्रेस महामन्त्रीको मतगणना: ५०० मत गन्दा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् । 

३ हजार ९९० मत गन्दा थापाको जित पक्का भएको छ । उनले २५८१ मत पाएका छन् । त्यस्तै, शर्माले १५३१, डा। प्रकाशशरण महतले १२२३, प्रदीप पौडेलले ११०७ डा. मीनेन्द्र रिजालले ६४४,  र डा. राजाराम कार्कीले ८८ मत पाएका छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस