डढेलो निभाउन खोज्दा लडेर मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, ०९ : १५
डढेलो निभाउन खोज्दा लडेर मृत्यु

जाजरकोट । जंगलमा लागेको डढेलो निभाउन खोज्दा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

हुरिकोटमा डढेलो निभाउदै गर्दा लडेर गम्भीर घाइते डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्‍याइए पनि बुधबार राति मृत्यु भएको हो ।

जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस