काठमाडौं । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ। पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ।
वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन। एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन्।
अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसौँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्।
ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्। थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकताबाट बनेको नेकपालाई भंग गरिदिएपछि एमालेमै बसेका थापालाई ओलीले सुरुमा वाग्मती प्रदेशको इन्चार्ज दिएका थिए। अहिले उनलाई एमालेका खारिएका नेतालाई भन्दा माथि राखेर जिम्मेवारी दिइएको छ। योगेश भट्टराई, गोकर्ण बिष्ट नवौं महाधिवेशनमै सचिव भएका थिए।
अहिले वरीयतामा उनीहरूभन्दा माथि लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यतिमात्र होइन, छविलाल विश्वकर्मा वर्षौंदेखि एमाले संगठन निर्माणमा लागे पनि उनलाई अध्यक्ष ओलीले वरीयतामा पूर्वमाओवादीलाई भन्दा पछाडि राखेका छन्। भट्टलाई ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ पुस २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली
‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’ : ओली