सुर्खेत । नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ ।
यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी तोक्ने विधि तय गरेको हो । उक्त सम्मेलनको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिए ।
निर्वाचित प्रदेश समिति २११ सदस्यीय हुनेछ । आचार्यले भने “प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।” उनले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यको प्यानल प्रस्ताव बन्दसत्रमा मङ्गलबार सार्वजनिक गरे । अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० प्रदेश सदस्यमा चयन भएका छन् ।
छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने छन् । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै