अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा अनुबन्धित

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, १६ : २६
अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा अनुबन्धित

काठमाडौंँ । अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा अनुबन्धित भएकी छिन् । फिल्ममा उनको मुख्य भूमिका हुने जनाइएको छ । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग सम्झौता गरेका हुन् ।

फिल्मको कथा मनपरेको कारण आफू प्रोजेक्टसँग जोडिएको बर्षाले बताइन् । ‘कथाबस्तुमात्र होइन फिल्मको युनिट पनि एकदमै राम्रो छ’ बर्षाले भनिन् ‘‘लाखे’ मा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’

बर्षासँगै फिल्मको कलाकार समीकरण पुरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको फिल्मले वर्षाले कससँग जोडी बाँध्नेछिन् भन्ने कुरा बताइएको छैन ।

फिल्ममा सौगात, अनुपविक्रम, आर्यन, अर्पण, सुशील, विजयसहित सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र ओरिएन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । छायांकन पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस