नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको फ्री ओपिडी हुने

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, ११ : ४५
नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको फ्री ओपिडी हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । 

नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । 

डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस