फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार नगर्ने

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, ११ : ११
फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार नगर्ने

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदै ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारकाे घाेषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपर्युक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ । 

चीनमा मानवअधिकार उल्लंघनका घटनाम तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् । 

त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अ‍ाै‌ला ठडाएका छन् । यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा अ‌ाफू सहभागी हुने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस