काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका केन्द्रीय सदस्यले सभापति पदमा रामचन्द्र पौडेललाई अगाडि सार्ने निर्णय गरेको छ ।
प्रकाशमान सिंहलाई समेत मनाएर साझा उम्मेदवार बनाउने सहमति बिहीवार बिहान भएको छ । प्रकाशमानले नछाडे शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुनेछन् । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
प्रकाशमान सहमत भएमा सभापतिको दाबी गरिरहेका उनीसहित डा. शेखर कोइराला, शशांक कोइराला पदाधिकारीमा समेटिने छन् । पदाधिकारी दाबी गरेका नेताहरूले सहमतिका लागि आफूहरू केन्द्रीय सदस्यमा बस्न राजी रहेको बताएका थिए ।
बहुसंख्यक केन्द्रीय सदस्यको आग्रहपछि प्रकाशमान दबाबमा परेका छन् । कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता