काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
यस्तै दिउँसो प्रदेश नं १ को भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ भने बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी राति प्रदेश नं १ र प्रदेश नं २ को भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ र प्रदेश नं २ का भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना