काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् ।
नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे । 'हामी सहमतिको निकै नजिक पुगेका छौं' बैठकपछि पौडेलले भने, 'भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।' साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।
बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ मंसिर २०७८, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति