काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज मंगलबार बस्दैछ । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।
त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ मंसिर २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित