चितवन । चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।
ठगी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैले नेपाल राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
दैलेखको आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का तिमिल्सेनालाई यही मङ्सिर ६ गते नै पक्राउ गरिएको थियो । उनलाई चितवन जिल्ला अदालतबाट आइतबार म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० मंसिर २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ