तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन। तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध छ भने ।
मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाए ।
वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ मंसिर २०७८, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ