काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो । कार्यवाहक टुङ्गो नलाग्दा अझै कजलिस्ट प्रकाशन हुन सकेको छैन ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘न्यायालय प्रधानन्यायाधीशविहीन बनेको छ । कार्यवाहक प्रधानन्यायाधीश को हो ? सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्छ ।’ उनले दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने पनि बताए । ‘संविधानले त्यही व्यवस्था गरेको छ । हामीले त्यही गर्नुहोस् भनेका छौँ ।’
यही विषयमा अन्योल देखिएपछि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीचबीच बिहीबार छलफल भएको थियो । छलफलबारे जानकारी दिँदै शाक्यले कार्यवाहक प्रधानन्यायाधीशको टुङ्गो नलगाएसम्म इजलासमा नबस्न आफूहरूले आग्रह गरेको बताए । यसबारे न्यायाधीशहरूले छलफल गरेर निर्णय लिने जानकारी गराएको पनि बताए । ‘तपाईंहरूको एजेन्डासँग हाम्रो असहमति छैन भन्ने जवाफ न्यायाधीशहरूले दिनुभयो,’ उनले भने, ‘इजलासमा बस्न दिन र सहयोग गर्न वहाँहरूको आग्रह थियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ मंसिर २०७८, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी