काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।
भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताएका हुन् ।
आफूहरु परिवर्तनकामी रहेको भन्दै उनले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताए । राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उनले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश