चितवन । नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले भन्दा बढीले मत दिएकाे निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने उनकाे भनाई छ ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल नेतृत्व प्रतिस्पर्धामा छन् । त्यसैगरी ६ सिट रहेको उपाध्यक्षको चुनावी मैदानमा घनश्याम भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उत्रिएका छन् । भीम आचार्य र टंक कार्कीले उम्मेदवार दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल छन् ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने