काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ ।मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएको निर्वाचन समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ ।
प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशन सुरु हुनु तीन दिनअघि कांग्रेसले अधिवेशनको मिति सारेको हो । मंगलबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।
तीन नेताबीच प्रदेश अधिवेशनको मिति सार्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नभएको निर्वाचन समितिको भनाइ छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा