चितवन । एमालेको महाधिवेशन अन्तरगत १० बँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये ५ जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् । आज बिहान ओलीले बन्दसत्रमा प्रस्तुत गरेको नाममध्ये उपाध्यक्षमा ३ र सचिवमा दुई जनाको नाम समेटिएको हो ।
जसअनुसार उपाध्यक्षमा अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे उपाध्यक्षको सूचीमा अटाएका छन् भने सचिवमा योगेश भट्टराई गोकर्ण विष्ट अटाएका छन् । तर १० बुँदे पक्षधर नै रहेका घनश्याम भुसाल ओलीको प्रस्तावित पदाधिकारी सूचीबाट आउट भएका छन् ।
उनले उपाध्यक्षमा दावी गर्दै आएका थिए भने ओली सो पद दिन राजी नभएका हुन् । ओली प्रस्ताव गरेको उपाध्यक्षमध्ये दुई उपाध्यक्ष शाक्य र ज्ञवाली नवौँ महाधिवेशनमापनि उपाध्यक्ष रहेका थिए । यस्तै भट्टराई र विष्टपनि नवौँ महाधिवेशनबाट निर्वाचित सचिव हुन् । यता १० बुँदेपक्षधर नै रहेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने