काठमाडौँ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।
मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ’ स्थापना गरी सादा पोसाकका ट्राफिकमार्फत खोजी कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी निरीक्षक जितेश दहालको नेतृत्वमा १६ जना सादा पोसाकमा रहेका प्रहरीले शङ्कास्पद स्थान तथा व्यक्तिमाथिको निगरानी तथा खोजतलास बढाएको छ ।
चोरीमा गिरोह नै सक्रिय
मोटरसाइकल तथा स्कुटरको चोरीमा व्यावसायिक गिरोह नै सक्रिय रहेको खुलेको छ । आर्थिक अवस्था कमजोर भएका युवा तथा कतिपय किशोरसमेत यस्तो गिरोहमा संलग्न रहेको पाइएको छ । पीडित सहायता एकाइ प्रमुख प्रहरी निरीक्षक दहालले हराएका सवारीसाधनको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
उनले भने, “उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीमा फरक समूूहका विभिन्न गिरोह नै सक्रिय रहेको पाइएको छ, त्यस्ता व्यक्ति र समूूहमाथि निगरानी बढाएका छौँ ।” दहालका अनुसार पूर्वी तराई, काभ्रे–सिन्धुपालचोक तथा धादिङ–चितवनबाट परिचालित गिरोहको पहिचानसमेत भइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ मंसिर २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा