काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। नेपालमा अहिले बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू–भागमा आंशिक बदली र पहाड तथा तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?