आईसीसी महिला टी–२०

युएईलाइ जित्न नेपालले पायो १२८ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १४ : १४
युएईलाइ जित्न नेपालले पायो १२८ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एशियाली छनोट खेलमा नेपालले युएइलालई जित्न १ सय २८ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

आफ्नो यात्रा अघि बढाउनका लागि नेपालले युएइलाई जित्नैपर्र्नें दवाव छ । युएईका लागि चमानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाएकी थिइन् । तर उनलाई कविता कुवँरको बलबाट आउट हुन पुगेकी थिइन् । त्यस्तै ओपनर तिर्थ साथिस र काविसा इगोडाजेले ५८ रनको साझेदारी गरेका थिए । ओपनर तिर्थ भने सिता रानाको बलबाट आउट भएकी थिइन् ।

काभिसा २२ रनको योगदान गरेकी थिइन् । ओपनर ईसा ओजा ले पनि ४ रनको योगदान गरेकी थिइन् । आजको खेलमा नेपालले जित हासिल गरे आगामी वर्ष हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । ४ खेलमा अपराजित रहँदै युएई ८ अंकसहित शीर्ष तालिकाको स्थानमा छ। एक खेलमा हार तथा ३ खेलमा जित निकालेको नेपाल ६ अंकमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस