एमाले महाधिवेशन

भिम रावलको पर्चा सामाग्री बाँड्न रोक

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १२ : २८
भिम रावलको पर्चा सामाग्री बाँड्न रोक

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले  बाहिर पठाइदिएका छन।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् । आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस