चर्चा गरेजस्तो व्यवस्थित बन्न सकेन एमाले महाधिवेशन

पर्याप्त शौचालय र खानेपानीको व्यवस्था नहुँदा सास्ती

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १५ : १६
चर्चा गरेजस्तो व्यवस्थित बन्न सकेन एमाले महाधिवेशन

चितवन । चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशन चर्चा गरेजस्तो व्यवस्थित बन्न सकेको छैन । 

CG Hills

एमालेले उद्घाटन समारोह अयोजना गरेको नारायणीतीर नै साँघुरो भएको छ । पर्याप्त शौचालय र खानेपानीकै सुविधा नहुँदा  सहभागीले सास्ती खेप्नुपरेको छ । 

त्यस्तै पिउने पानी पनि पर्याप्त नभएको भन्दै सहभागीले गुनासो गरेका छन् । महाधिवेशनका कारण नारायणगढको ट्राफिक व्यवस्था अस्तव्यस्त छ ।