एमाले आकाशको उचाइमा पुगोस् : महन्थ ठाकुर

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १४ : ४०
एमाले आकाशको उचाइमा पुगोस् :  महन्थ ठाकुर

चितवन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तराई मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उनलाई धन्यवाद दिएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताए । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उनले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । उनले एमाले महाधिवेशनको सफलताको शुभकामना दिए । साथै आगामी नेतृत्वका लागि बधाई पनि दिए ।

प्रतिक्रिया दिनुहोस