चितवन । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए’, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ ।’
महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने र आगामी तीन तहकै चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने उनले बताए ।महाधिवेशनको विशेष सन्देश रहनेछ ।
यो महाधिवेशन सहमति र एकताको महाधिवेशन हो । अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगबाट समाधान गर्दै एमालेलाई यो देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा स्थापित गरिनेछ,’ उनले भने ।एमालेलले नीति महाधिवेशनबाट आफ्नो नीति, विधान र कार्यदिशा पास गरिसकेको भट्टराईले स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’: योगेश भट्टराई
एमाले संवैधानिक राजनीतिक निकासको बाधक बन्दैन: योगेश भट्टराई
लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकालौंः योगेश भट्टराई
नेकपा एमालेमा कुनै गुट छैन : योगेश भट्टराई
विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न योगेश भट्टराईको ध्यानाकर्षण
‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई